Lite Nepal

बुधबार, आषाढ ०३, २०८३

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक सञ्चालनमा अवरोध गरेपछि प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित भएको छ।

विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफल चलिरहेका बेला मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिइरहेका थिए।

छलफलका क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग गर्न खोजेका थिए। तर सभामुख डोलप्रसाद अर्यालले निर्धारित प्रक्रियाअनुसार अगाडि बढ्न आग्रह गरेका थिए।

त्यसपछि श्रम संस्कृति पार्टीका सांसदहरू उठेर बैठकको वेल घेराउ गर्दै विरोधमा उत्रिएका थिए। सभामुखले पटक-पटक आफ्नो स्थानमा फर्कन आग्रह गरे पनि अवरोध जारी रहेपछि बैठक स्थगित गर्ने निर्णय गरिएको हो।

सभामुख अर्यालले सभाको सञ्चालनका क्रममा सभामुखको निर्देशन पालना गर्नु सबै सदस्यको जिम्मेवारी रहेको स्मरण गराउँदै सम्बन्धित सांसदहरूलाई सचेत गराएका थिए।

तर, विरोध नरोकिएपछि सभामुखले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं