Lite Nepal

बिहिबार, आषाढ ०४, २०८३

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को खेलमा घाना विजयी भएको छ ।

क्यानडाको टोरन्टो स्टेडियममा भर्खरै सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । कालेब यिरेनकीले गरेको एक गोल नै घानाको लागि निर्णायक गोल सावित भयो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । यस जितसँगै घानाले शीर्ष तीन अंक जोडेको छ ।

समूह ‘एल’ मा तीन अंक जोडेको इङ्ग्यान्ड शीर्ष स्थानमा छ । समान तीन अंक नै बटुलेको घाना दोस्रो स्थानमा छ । अङ्कविहीन रहेका पानामा र क्रोएसिया तेस्रो र चौथो स्थानमा छन् । विश्वकपअन्तर्गत समूह ‘के’ को खेलमा अहिले नेपाली समयअनुसार ७:४५ बजे उज्वेकिस्तान र कोलोम्बियाबीच प्रतिस्पर्धा हुँदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं