काठमाडौं । सरकारले ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिर जाने केबलकार निर्माणका सन्दर्भमा आएको विवादबारे छानबिन समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको असार ४ गतेको सचिवस्तरीय निर्णयअनुसार प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ विश्व राईको नेतृत्वमा सात सदस्यीय अध्ययन तथा छानबिन समिति गठन भएको हो ।
प्रधानमन्त्रीको कार्यालय स्रोतका अनुसार समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने अख्तियारी दिइएको छ ।
समितिमा पूर्वाधार विकास कार्यालयका सीडी, केवलकार प्रतिनिधि, प्रधानमन्त्री कार्यालयका उपसचिव, गृह मन्त्रालयका प्रतिनिधि र स्थानीयका तर्फबाट समेत प्रतिनिधि राखिएको छ ।
उक्त क्षेत्रमा केवलकार निर्माणका सन्दर्भमा केहीले विरोध गर्दै आएका छन् ।