Lite Nepal

आइतबार, आषाढ ०७, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि रास्वपा रहेको बताएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यो आफैंले गत ११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ । अहिले म रास्वपालाई त्यो अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको छु,’ उनले भने ।

आफूले यस्तो भन्दा के पाउन लाग्यो र के ललिपप पायो भन्दै टिप्पणी हुने गरेको भन्दै उनले आलोचना गरे ।

‘त्यसो भन्दा हाम्रो समाज अत्यन्तै न्युनस्तरको छ, अब यसले के पाउन लाग्यो, के ललिपप देखाइदियो भन्छन्,’ उनले भने, ‘म सारा जीवन मर्न हिंडेको मान्छे के ललिपप खाने ? सबैथोक प्राप्त गरेको मान्छे, प्रधानमन्त्री भएको मान्छे, के ललिपप खाने मैले यो उमेरमा ?’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं