Lite Nepal

आइतबार, आषाढ ०७, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रास्वपाले ४ वर्षमै पाएको जनसमर्थन लोभलाग्दो रहेको भन्दै प्रशंसा गरेका छन् ।

रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना दिन पुगेका सभापति थापाले रास्वपाको जनसमर्थनलाई मुक्तकण्ठले प्रशंसा गरे ।

‘पार्टी गठन भएको ४ वर्षमै तपाईंहरूले जुन जनसमर्थन पाउनुभएको छ । यो लोभलाग्दो छ । म मुक्तकण्ठले प्रशंसा गर्दछु,’ थापाले भने ।

रास्वपाले प्राप्त गरेको जनमत असाधारण रहेको उनले बताए । इतिहासमा करिब तीन चार पटकमात्रै राजनीतिक दलले यस्तो जनमत पाएको भन्दै ती प्राय सबै दुर्घटनामा परेको स्मरण गराए ।

‘संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी सभापति रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन शाहले जुन कुशलतापूर्वक नेतृत्व गर्नुभएको छ र तपाईंहरूले जुन साथ दिनुभएको छ तपाईंहरू सबै बधाइको पात्र हुनुहुन्छ,’ सभापति थापाले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं