Lite Nepal

बुधबार, आषाढ १०, २०८३

काठमाडौं । एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले फिफा विश्वकप २०२६ पानामालाई १-० ले पराजित गरेको छ ।

समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको यो पहिलो जित हो र यो जितले राहत मिलेको छ । क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका बुडिमरले दोस्रो हाफमा निर्णायक गोल गरे ।

उनाले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसपछि दुवैले टोलीले गोल गर्ने प्रयास गरेपनि थप गोल भएन ।

पहिलो खेलमा इंग्ल्यान्ड्सँग ४-२ ले पराजित भएको क्रोएसिया पहिलो जितपछि ३ अंक जोड्न सफल भएको छ ।

क्रोएसियाले अब अन्तिम खेलमा घानासँग खेल्नेछ र समूह चरण पार गर्न उक्त खेलमा निर्णायक हुनेछ । घानालाई पराजित गरेमा क्रोएसिया समूह एलको शीर्ष दुईमा रहेर नकआउट चरणमा प्रवेश गर्नेछ ।

पानामा भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिने पक्का भएको छ । पानामा पहिलो पहिलो खेलमा पनि घानासँग १-० ले नै पराजित भएको थियो । पानामाले अब अब अन्तिम खेलमा इंग्ल्यान्डसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं