Lite Nepal

शुक्रबार, साउन १५, २०८३

विराटनगर । सुनसरी घटनामा ज्यान गुमाएकाको परिवारलाई १० लाख राहत दिने र मृतकलाई सहिद घोषणा गर्नेसहितको ७ बुँदे सहमति भएको छ ।

गृहमन्त्री सुधन गुरुङ र पीडित परिवार बिच बिहीबार राति भएको छलफलपछि दुवै पक्षबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

गत साउन १० गते आइतबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारले राखेका माग सम्बोधन गर्ने प्रतिबद्धता गृहमन्त्रीले जनाएका थिए ,

यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाइने पनि सहमति भएको छ ।

मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिस यथाशीघ्र कार्यान्वयन गर्ने तथा स्थानीय सरकारसँग समन्वय गरी मृतकहरूको सम्झनामा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समेटिएको छ ।

सहमतीसँगै दुवै मृतकको अन्त्येष्टि आज दिउँसो गरिने तयारी भएको छ ।
सहमति यस्तो छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं