विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ ।
प्रदेशको समसामयिक विषय र आगामी नीतिहरूका बारेमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ।
प्रदेश प्रमुखसँगको भेटघाटमा प्रदेशमा सामाजिक सद्भाव, सदियौदेखिको एकता र धार्मिक सहिष्णुतालाई कायम राख्दै प्रदेशलाई सहज ढङ्गले अगाडि बढाउने लगायतका विषयमा पनि छलफल भएको छ।
मुख्यमन्त्री हिक्मत कुमार कार्की आज बिहान प्रदेश प्रमुखलाई प्रदेशका नियमित गतिविधि र समसामयिक परिस्थितिका बारेमा जानकारी गराउन निवास पुगेका थिए ।