Lite Nepal

आइतबार, साउन १७, २०८३

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी माटोको बाँध (डिल) हटाउने क्रममा स्थानीय बासिन्दा र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच विवाद भएको छ।

घटनापछि स्थानीयले विरोध जनाए पनि प्रशासनको पहलमा तत्कालका लागि अवस्था सामान्य बनेको छ।

स्थानीयका अनुसार सुस्ता गाउँपालिका-५ स्थित थारु टोल क्षेत्रमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध भारतीय एसएसबीका सुरक्षाकर्मीले हटाएका थिए।

त्यसपछि स्थानीय बासिन्दाले त्यसको विरोध गरेका थिए।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बाहिर प्रचार भएजस्तो गम्भीर अवस्था नरहेको बताएका छन्।

उनका अनुसार घटनामा सामान्य रूपमा निर्माण गरिएको माटोको डिलसँग सम्बन्धित विषय रहेको र अहिले परिस्थिति नियन्त्रणमा आइसकेको छ।

उनले घटनापछि सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा परिचालन गरिएको तथा सम्बन्धित पक्षबीच छलफल गरी तत्कालका लागि विवाद समाधान गरिएको जानकारी दिए।

यस विषयमा थप समन्वय र छलफल आगामी दिनमा पनि जारी रहने उनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं