Lite Nepal

आइतबार, साउन १७, २०८३

विराटनगर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउने तयारीमा रहेका बेला एमालेका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई र नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच आइतबार विराटनगरमा भेटवार्ता भएको छ ।

भेटमा केन्द्रमा भएको सहमतिअनुसार नयाँ गठबन्धन सरकार गठनबारे छलफल भएको थियो । स्रोतका अनुसार राईले केन्द्रको सहमतिअनुसार गठबन्धन अघि बढाउनुपर्ने धारणा राखेका थिए । त्यसको जवाफमा आङ्बोले पहिला तपाईंहरू आफ्नै पार्टीभित्रको विवाद मिलाएर आउनुस्, त्यसपछि गठबन्धनको प्रक्रिया अघि बढाउँल भन्ने आशय व्यक्त गरेका थिए ।

एमालेभित्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने वा नयाँ नेतृत्व अघि सार्ने विषयमा विवाद भइरहेका बेला आङ्बोले पार्टीभित्रको विवाद समाधान नगरी सरकार गठनको प्रक्रिया अघि नबढाउन सुझाव दिएको आङ्बोल बताए ।

उता, मुख्यमन्त्री कार्कीले पार्टी सचिवालयको निर्णयबिना राजीनामा नदिने अडान लिएका छन् । स्रोतका अनुसार कार्कीले राजीनामा नदिए उनलाई संसदीय दलको नेताबाटै हटाउने विकल्पमा एमाले नेतृत्वले गृहकार्य अघि बढाएको छ । त्यसका लागि अध्यक्ष केपी शर्मा ओली स्वयं कोशी प्रदेशका एमाले सांसदहरूसँग सम्पर्कमा रही बहुमत जुटाउने प्रयासमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं