विराटनगर । नेकपा (एमाले) का केन्द्रीय सचिव शेरधन राईले संसदीय दल र पार्टीको सवाल कुनै व्यक्तिको नभएर सिंगो संगठनको विषय भएको बताएका छन् ।
कोशी प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको आन्तरिक असमझदारीका बीच विराटनगरस्थित पार्टी कार्यालयमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राईले यस्तो बताएका हुन् । ‘सिंगो संसदीय दल पार्टीको नीति, आदेश र निर्देशन बमोजिम नै चल्छ,’ उनले स्पष्ट पार्दै भने ।
कोशी प्रदेश सरकार र संसदीय दलभित्र देखिएका केही प्राविधिक तथा राजनीतिक जटिलताहरूलाई संवादमार्फत चाँडै हल गरिने उनको दाबी छ ।
‘अहिले हामी केही जटिलताका विषयमा सघन छलफल गरिरहेका छौँ, जसको समाधान चाँडै हुनेछ,’ नेता राईले भने, ‘पार्टीको आन्तरिक विषय आन्तरिक रूपमै हल हुन्छ । नेतृत्वको विषयमा पनि छलफल भइरहेको छ । हामी पार्टीको हित र संस्थागत कुरा गर्छौँ, कसैको निजी कुरा गर्दैनौँ ।’
पूर्व मुख्यन्त्रीसमेत रहेका उनले शनिबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग करिब साढे दुई घण्टासम्म सकारात्मक वातावरणमा छलफल भएको जानकारी दिँदै सांगठनिक जगमा उभिएरै निष्कर्ष निकालिने बताए ।
केन्द्रिय सत्ता समिकरण बदलिएसँगै यतबिले कोशी प्रदेशमा पनि सरकार फेरबदलको चर्चा चुलिएको छ । विशेषतः नेकपा एमालेमा, आन्तरिक द्धन्द्धले गर्दा नै को मुख्यमख्यन्त्री को बन्ने भन्ने देधारमा छ ।
एमाले अध्यक्ष केपि शर्मा ओलीले दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यन्त्री बनाउने दौडमा लभिङ गरिरहेका छन्, भने यता हिक्मकुमार कार्की भने पार्टीको सचिवालय निर्णय हुनुपर्ने अडानमा छन् ।