विराटनगर। विश्व पर्वतारोहण इतिहासकै एउटा हृदय विदारक घटनाका रूपमा ३० जुलाई २०२६ मा पाकिस्तानको बोर्ड पिक ९८,०४७ मि।० हिमालमा गएको भीषण हिम पहिरोमा परी कीर्तिमानी आरोही निर्मल पुर्जा ९निम्स दाई० सहित १० जना आरोहीको ज्यान गयो।
१ अगस्टमा’एलिट एक्सपेडिसन र निम्स दाई फाउन्डेशन ले आधिकारिक पुष्टि गरेको यो घटना केवल एउटा प्राविधिक दुर्घटना मात्र नभई मानव सृजित जलवायु परिवर्तनले हिमालमा निम्त्याएको भयानक सङ्कटको उपज हो।
यो सङ्कटको वैज्ञानिक पाटोलाई जे. ए. बाल्ेस्टेरोस–कानोभास र उनका सहकर्मीहरूले सन् २०१८ मा नेशनल एकेडेमी अफ साइन्सेज को जर्नलमा प्रकाशित गरेको अध्ययनले प्रस्ट पार्छ।
उक्त अध्ययनका अनुसार, जाडो र वसन्त ऋतुमा वायुमण्डलको तापक्रम बढ्नाले हिउँमा पानीको मात्रा बढ्न जान्छ, जसले भित्री सतहबिचको घर्षण कम गराई गिलो हिउँको पहिरो निम्त्याउँछ।
यस्तो पहिरो सुक्खा हिउँको तुलनामा धेरै तलसम्म पुग्ने र अधिक विनाशकारी हुने वैज्ञानिक निष्कर्ष छ। बोर्ड पिकमा पनि भारी हिमपात र तापक्रमको असन्तुलनका कारण यस्तै जोखिम बढेको थियो, जसलाई केही टोलीले पूर्वानुमान गरी आरोहण रद्द गरेका थिए।निर्मल पुर्जाले आफ्नो चर्चित पुस्तक बियोन्ड पसिबल मा ८,००० मिटर माथिको क्षेत्रलाई डेथ जोन भन्दै त्यहाँ प्रकृतिको नियम मात्र चल्ने र मानिसको प्रविधि वा घमन्डको केही नलाग्ने उल्लेख गरेका थिए। उनले लेखेका थिए , हिमालमा डर पाल्नुको अर्थ हुँदैन, तर हिमाललाई नजरअन्दाज गर्नु वा हेप्नु मृत्युलाई निम्तो दिनु हो। उनको यो भनाइलाई झन्डै एक वर्षअघि नेपाल प्रहरीकी पहिलो महिला सगरमाथा आरोही कुन्जाङ छोपेल शेर्पाले आफ्नै अनुभवमार्फत बल पु¥याएकी थिइन्।
उनले सगरमाथा क्षेत्रमा हिउँ पग्लिएर पुराना शवहरू सतहमा निस्किएको र कतिपय ठाउँमा लास टेकेर अघि बढ्नुपर्ने विवशता सुनाउँदै हिमालको अस्थिर स्वभावप्रति चिन्ता व्यक्त गरेकी थिइन्।
हिमालको यो बदलिँदो स्वरूपलाई अन्तर्राष्ट्रिय माउन्टेन गाइड आशिष गुरुङले पनि पुष्टि गरेका छन्। आफ्नो १७ वर्षको अनुभवमा उनले पहिले ७० प्रतिशत हिउँले ढाकिने ढुङ्गाहरू अहिले नाङ्गै देखिन थालेको र हिमाली वातावरणमा व्यापक फेरबदल आएको बताएका थिए।
त्यस्तै, कीर्तिमानी आरोही लाक्पा शेर्पाले हिउँसँगै प्लास्टिकका फोहोर बग्ने गरेको, काला ढुङ्गा देखिन थालेको र बहुमूल्य जडीबुटी लोप हुन लागेको भयावह तस्बिर प्रस्तुत गर्दै सरसफाइ र संरक्षणमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।
वैज्ञानिकहरूले विगत १५० वर्षको हिमाली इतिहासलाई ट्री–रिङ ९रूखको वार्षिक वृद्धि चक्र० विश्लेषणमार्फत अध्ययन गर्दा सन् १९७० को दशकयता हिम पहिरोको दर अभूतपूर्व रूपमा बढेको पाइएको छ।
बाल्ेस्टेरोस–कानोभास ९२०१८० को सोही शोधले देखाउँछ कि तापक्रम वृद्धिले हिउँको मोटाइ घटाए पनि बाँकी रहेको हिउँलाई थप अस्थिर र खतरनाक छ। यो तथ्यलाई आरोही दिक्की शेर्पाले पनि स्विकार्दै अबको १०–१५ वर्षमा हिमाल देख्नै गाह्रो हुने चेतावनी दिएकी थिइन्।

अर्का आरोही जेन्जेन लामाले बेसक्याम्पमा प्रयोग हुने आधुनिक उपकरण र हिटर जस्ता वस्तुले पनि हिमालको प्राकृतिक सन्तुलन बिगारिरहेको आशङ्का व्यक्त गरेका छन्।
जलवायु परिवर्तनसम्बन्धी अन्तर–सरकारी प्यानल को प्रतिवेदन र अन्तर्राष्ट्रिय एकीकृत पर्वत विकास केन्द्रका अध्ययनहरूले पनिहिन्दु कुश हिमालय क्षेत्रमा हिमनदी पग्लिने क्रम तीव्र हुँदा पानीको स्रोत र हिमाली समुदायको सुरक्षामा ठुलो धक्का पुग्ने देखाएका छन्। हार नमान्ने स्वभावका निम्स दाईलाई हिमालकै हिम पहिरोले सदाका लागि लग्यो। यो वियोगान्त घटनाले के स्पष्ट पार्छ भने हिमाल अब पहिले जस्तो अनुमानयोग्य रहेन।

सन् २०२२ मा छोटो अवधिमा तीन पटक मकालु आरोहण गरी कीर्तिमान कायम गरेका लाक्पा शेर्पाले भने झैँ, हिमालको बढ्दो जोखिमप्रति सरकार र अन्तर्राष्ट्रिय समुदाय सचेत हुनुपर्ने बेला घर्किसकेको छ।