Lite Nepal

बुधबार, साउन २०, २०८३

विराटनगर । कोसी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले सरकारमा सहभागी हुने आफ्नो पार्टीको प्राथमिकता नरहे पनि देशलाई मध्यावधि निर्वाचनबाट जोगाउन वैकल्पिक सरकार गठनका लागि पहल कदम लिएको स्पष्ट पारेका छन् ।

सत्ता साझेदार दलहरू एमाले र काङ्ग्रेसबिचको आन्तरिक कलहका कारण देश मध्यावधि निर्वाचनतर्फ धकेलिने जोखिम बढेपछि एमालेसँग सहकार्यको सहमति भएको उनले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राखेका छन् ।

काँग्रेसभित्रको तीव्र विवाद र कोसी प्रदेशको विगतको तितो अनुभवका कारण काँग्रेस सहमति जुट्न नसकेको उनका भनाए छ ।

पूर्व मुख्यमन्त्री राईले कोसी प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले पाउनु न्यायोचित हुने तर्क राखेका छन् ।

आफूहरूकै पार्टीको समर्थनमा एमालेका हिकमतकुमार कार्की दुई पटक मुख्यमन्त्री बनेको र चालू कार्यकालका ५ मध्ये ४ वटा बजेट एमाले नेतृत्वकै सरकारले ल्याएको स्मरण गराउँदै अबको नेतृत्व पनि एमालेले नै लिए यो सहकार्य नभई केवल सहयोग मात्र हुने उनले उल्लेख गरेका छन् ।

त्यसैले कोसी प्रदेशको नेतृत्वका लागि आफ्नो पार्टीको तर्कसहितको सशक्त दाबेदार रहेको नेता राईले प्रस्ट पारेका छन् ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं