काठमाडौं । यही साउन २६ गते स्वदेश फर्किन लागेका नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्ने भएका छन् ।
इतर पक्षले साउन २८ गते आयोजना गरेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने भएका हुन् । विशेष महाधिवेशन अस्वीकार गर्दै देउवा पक्षले छुट्टै क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।
जेनजी आन्दोलनमा घाइते भएका देउवा उपचारका लागि भन्दै गत फागुन १३ गते सिंगापुर गएका थिए ।
उनी सिंगापुरबाट हङकङ गएर बस्दै आएका छन् । पूर्वमन्त्री एवम् देउवा पत्नी आरजु राणा देउवा भने तत्काल स्वदेश नफर्किने बताइएको छ ।