भोजपुर । साल्पासिलिछो गाउँपालिका–६ का दुई पटक निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३ जना विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
नेपाल काँग्रेस भोजपुर जिल्ला सदस्यसमेत रहेका वनसहित नेपाली काँग्रेसका पालिका कमिटी सचिव श्रीभक्त राई, तरुण दल जिल्ला सदस्य विष्णु राईलगायत नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन्।
साल्पासिलिछो गाउँपालिकाको केन्द्र चौकीडाँडामा आयोजित पार्टी प्रवेश तथा समायोजन कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि हेमन्त राईले नवप्रवेशहरूलाई पार्टी सदस्यता वितरण गर्दै स्वागत गरेका थिए।
यसै गरी, पूर्व माओवादी केन्द्रबाट गाउँ पार्टी अध्यक्ष तथा प्रदेश सदस्य प्रेम किराती र वाईसीएल प्रदेश कमिटी सदस्य रमेश राईको नेतृत्वमा ४८ जना नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा समायोजन भएका छन्। पार्टी प्रवेश तथा समायोजन कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
