काठमाडौं । एमालेका सांसद क्षितिज थेबेले प्रधानमन्त्री वालेन्द्र शाहको एक्लोपनलाई साथ दिन चाहेको कटाक्ष गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री एक्लै कोसँग लडेको भन्ने थाहा भने नभएको बताए । “नेपाली जनताले प्रचण्ड बहुमत दिएर बनेको मन्त्रिपरिषद् र सिंगो सचिवालय हुँदा पनि उहाँ एक्लो हुनुभएको पाएँ । प्रधानमन्त्रीज्यू कोसँग एक्लै लडिरहनुभएको छ । त्यो उहाँलाई थाहा छ,” म भन्न चाहन्छु– प्रधानमन्त्रीको त्यो एक्लोपनलाई साथ दिन चाहन्छु ।”
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको बिर्सिएर पनि प्रधानमन्त्रीको एक्लोपनको साथ दिने बताए ।
उनले देश र जनताको निश्चित सर्तअनुसार आफूले साथ दिन चाहेको सुनाए । उनले सीमाबारे प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएको भनी सोधे , “कसरी साथ दिऊँ प्रधानमन्त्रीज्यू ?”
उनले रास्वपाको नो लाइन भन्ने प्रतिबद्धता सम्झाए । महँगी एक्सप्रेस गतिमा बढेको उनको भनाइ छ ।