Lite Nepal

मंगलबार, साउन २६, २०८३

काठमाडौं । एकैदिन नेपाल सरकारका २ सचिवले राजीनामा दिएका छन् ।

सञ्चार मन्त्रालयका सचिव डा. कमल प्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले मंगलबार राजीनामा दिएका हुन् ।

उनीहरूको राजीनामा आजको मन्त्रिपरिषद् बैठकबाट पास भएको विशेष स्रोतले जानकारी दिएको छ ।

निजामती सेवामा ३० वर्षभन्दा बढी सेवा अवधिलाई निवृत्तिभरण गणनामा कसरी समेट्ने भन्ने विषयमा अन्योल बढिरहेका बेला २ सचिवले राजीनामा दिनुलाई चासोका साथ हेरिएको छ ।

राजीनामा बुझाउनेमध्ये अधिकारी नियमित अवकाशको नजिक पुगेका छन्। उनको केही दिन मात्रै बाँकी थियो अर्का सचिव पोख्रेल भने एक वर्ष बढी अवधि बाँकी हुँदा सञ्चार मन्त्रालयमा सरुवा भएसँगै डराएर राजीनामा दिएको विश्वस्त स्रोतले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं