काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (मसाल) बीच लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशको विकास निर्माणका काममा सहकार्य गर्ने सहमति भएको छ।
तीन दलबीच भएको छलफलपछि जारी सहमतिपत्रमा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ।
त्यस्तै, तीन दलले राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्धको आन्दोलनमा सहकार्य गर्ने सहमति गरेका छन्।
सहमति पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी ९मसाल०का महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन्।
सहमति २०८३ साल साउन २७ गते बुधबार भएको हो। तीन दलबीचको यो सहमतिले लुम्बिनी प्रदेशमा सरकार गठन तथा आगामी राजनीतिक सहकार्यका लागि नयाँ समीकरणको संकेत गरेको छ।
