Lite Nepal

बिहिबार, साउन २८, २०८३
फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आज (बिहीबार) स्वदेश फर्किँदै छन्। उपचारका लागि विदेश गएको साढे पाँच महिनापछि पत्नी आरजु राणासहित उनी नेपाल फर्किन लागेका हुन् ।

देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा समर्थक उतार्ने काँग्रेस इतर समूहको तयारी छ । मध्यान्ह १२ बजे काठमाडौँ अवतरण हुने बताइएको छ ।

स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन्।

जेन जेड आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्व सभापति देउवा फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं