काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं आइपुगेका छन् ।
पूर्वप्रधानमन्त्री देउवा पाँच महिनापछि स्वदेश फिर्ता भएका हुन् ।
देउवाको स्वागतमा हजारौँ कार्यकर्ता बाजागाजा झाँकीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।