Lite Nepal

बिहिबार, साउन २८, २०८३
फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभाव, कालोबजारी, पत्रकार पक्राउ तथा विभिन्न जिल्लाका नागरिकका समस्यालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँसको अभावका कारण नागरिकले खाना पकाएर खानसमेत नपाउने अवस्था सिर्जना भएको भन्दै समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरिन्।

सदस्य कृष्णप्रसाद अधिकारीले खाना पकाउने ग्याँसको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै कालोबजारी नियन्त्रणका लागि कडाइका साथ अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराए।

सदस्य घनश्याम रिजालले अप्रत्याशित रूपमा पक्राउ परेका वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरे। सदस्य पदमबहादुर परियारले तनहुँ हाइड्रो निर्माणका क्रममा सेती नदीको बहाव परिवर्तन हुँदा समस्या उत्पन्न भएको भन्दै त्यसको समाधान गर्न सरकारसँग आग्रह गरे।

सदस्य रुक्मिणी कोइरालाले पाकिस्तानमा हिमाल आरोहणका क्रममा निधन भएका निर्मल पुर्जासहित छ नेपाली तथा अन्य तीन जनाको निधनप्रति दुःख व्यक्त गरिन्।

त्यस्तै, सदस्य रेनु चन्दले कञ्चनपुरका आरक्षपीडितको समस्या तीन दर्जनभन्दा बढी आयोग गठन हुँदा पनि समाधान हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

सदस्य विष्णुकुमारी सापकोटाले काठमाडौँ उपत्यकामा घर तथा कोठा भाडासम्बन्धी नीति बनाएर घरधनी र डेरावालाबीचको भाडा निर्धारण गर्न माग गरिन्।

सदस्य विष्णुबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीलाई बुधबार गरिएको धरपकडप्रति विरोध जनाउँदै घटनाबारे सरकारको ध्यानाकर्षण गराए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं