विराटनगर । कोशी प्रदेशसभाको बैठक आगामी ३ भदौमा आफ्नै नयाँ भवनमा बस्ने भएको छ। गत २४ असारमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाको बैठक ३ भदौमा बस्ने भएको हो।
कोशी प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी गर्दै नवौँ अधिवेशनको तेइसौँ बैठक ३ भदौ बुधबार दिउँसो १ बजे का लागि आह्वान गरिएको जनाएको छ।
प्रदेशसभाको आफ्नै भवन जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि लामो समयदेखि बैठक वीरेन्द्र सभागृहमा सञ्चालन हुँदै आएको थियो। नयाँ भवन पुनः सञ्चालनमा आएपछि अब प्रदेशसभाको बैठक आफ्नै भवनमा बस्ने भएको हो। प्रदेशसभा सचिवालयका अनुसार बैठकका लागि आवश्यक तयारी पूरा गरिएको छ। 