विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका चार वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६९ को उपधारा ९३० खण्ड ९क० बमोजिम मुख्यमन्त्री कार्कीलाई रिक्त रहेका मन्त्रालयको जिम्मेवारी तोकेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।
प्रदेश प्रमुख खापुङको सिफारिसमा मुख्यमन्त्री कार्कीले उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको हो।
प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश विराटनगरले २०८३ साल साउन २८ गते बिहीबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।
