कैलाली । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त भएका छन् । नेकपा (एमाले) को समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए ।
दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
भट्टले शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने जानकारी दिएका छन् । यसअघि संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार साँझ आह्वान गरेका थिए ।