Lite Nepal

शुक्रबार, साउन २९, २०८३

विराटनगर । केन्द्रको सत्ता समीकरणअनुसार नेपाली कम्युनिस्ट पार्टी एमाले नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा रहे पनि मन्त्रीहरूको नाम अझै टुङ्गो लाग्न सकेको छैन।
सोमबार मन्त्रीहरूको शपथग्रहण गर्ने तयारी रहेको बताइए पनि कसलाई सरकारमा पठाउने भन्ने विषयमा पार्टीभित्र छलफल जारी छ। स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीबाट मन्त्रीको नाम अझै टुङ्गो लागिसकेको छैन। उनले भने,’भोलि पार्टी इन्चार्ज एवं पूर्वमुख्यमन्त्रीज्यू आएपछि दलको बैठक हुन्छ। त्यसपछि टुङ्गो लाग्छ।’

यता, केही दिनअघि सञ्चारकर्मीसँगको संवादमा पार्टीका इन्चार्ज राजेन्द्रकुमार राईले यसअघि अवसर नपाएका तथा आगामी निर्वाचनमा चुनाव लड्न सक्ने नेताहरूलाई सरकारमा प्राथमिकता दिने संकेत गरेका थिए।

तर, नेकपाभित्र मन्त्री बन्ने आकांक्षीहरूको लस्कर देखिएको स्रोतले बताएको छ। पूर्व मन्त्रीहरू राजेन्द्र कार्की , खिनु लङ्वा लिम्बू, गणेशप्रसाद उप्रेती, जीवन आचार्य, दुर्गाप्रसाद चापागाईँ, नारायण बुर्जा मगर, बाबुराम गौतम, कमलप्रसाद जबेगू र बन्दना झाँगडलगायत नेताहरूको नाम चर्चामा छ। यसअघि अवसर नपाएका सपना दर्जी, गोम्बु शेर्पा, विद्या चाम्लिङलगायतको नाम पनि उत्तिकै चर्चामा र लबिङ भइरहेको छ।

यद्यपि, यीमध्ये कसले मन्त्री बन्ने अवसर पाउने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन। नेताहरूबिचको छलफल र शक्ति सन्तुलनका आधारमा नाम छनोट गर्ने तयारी भइरहेको छ। नेकपाका दलका नेता इन्द्र आङ्बोले सोमबार शपथग्रहण हुने बताए पनि मन्त्रीहरूको नाम भने अझै टुङ्गो नलागेको बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं