Lite Nepal

सोमबार, भाद्र ०१, २०८३

विराटनगर–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैदीबन्दीहरूले स्थानान्तरणको विरोध गर्दै आन्दोलन गरेका छन्। कारागारको ‘बी ब्लक’मा रहेका करिब १५ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने विषयलाई लिएर उनीहरूले कारागारको छतमा टायर बालेर नाराबाजी गरेका हुन्।

आन्दोलनरत कैदीबन्दीहरूले कारागारभित्र आर्थिक तथा मानसिक शोषण बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्। उनीहरूले छतमा टायर बाल्नुका साथै प्रशासनविरुद्ध विभिन्न नारासमेत लगाएका थिए। टायर भने कारागारभित्र मुडा बनाउन ल्याइएका रहेको बताइएको छ।

आन्दोलनका क्रममा कैदीबन्दीहरूले स्थानान्तरण फिर्ता ले, गिरी जिन्दाबाद, राकेश यादव मुर्दाबाद, हामी सबै एक हौँ, दादागिरी बन्द गर,पुलिस प्रशासन फिर्ता जा लगायतका नारा लगाएका थिए।

कारागारभित्र लागूऔषधलगायत अवैध वस्तु लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार बिहानदेखि सुरक्षा निकायले खानतलासी सुरु गरेको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी कारागारमा सर्च अपरेसन चलाइएको थियो।

जिल्ला प्रहरी प्रमुखले कारागारमा समय–समयमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर खानतलासी तथा सर्च गर्ने गरिएको र यसलाई नियमित प्रक्रियाकै निरन्तरता भएको बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं