Lite Nepal

सोमबार, भाद्र ०१, २०८३

विराटनगर । कोसी प्रदेशमा सरकार विस्तारको तयारी भइरहे पनि नेपाली कम्युनिस्ट पार्टीबाट मन्त्री बन्ने आकाङ्क्षी धेरै भएपछि मन्त्रीको नाम टुङ्ग्याउन सकस भएको छ।

सोमबारसम्म मन्त्रीको नाम टुङ्गो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भए पनि पार्टीभित्र आन्तरिक छलफल जारी छ। नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, पूर्व मुख्यमन्त्री तथा पार्टी इन्चार्ज राजेन्द्रकुमार राई र प्रदेश संयोजक हर्क मिश्रलगायतका नेताहरू मन्त्री छनोटबारे छलफलमा जुटेका छन्।

यसअघि पार्टीबाट मन्त्री बन्ने अवसर नपाएका तथा आगामी निर्वाचनमा पुनः प्रतिस्पर्धा गर्न सक्ने सांसदलाई प्राथमिकतामा राखेर मन्त्री बनाउने तयारी रहेको इन्चार्ज राईले बताएका थिए। तर, यसअघि नै मन्त्री भइसकेका, लेखा समितिमा रहेका तथा दलको सचेतकको जिम्मेवारी सम्हालिरहेका सांसदहरू पनि मन्त्रीका आकाङ्क्षी बनेपछि नाम टुङ्ग्याउन कठिन भएको हो।

स्रोतका अनुसार यसअघि पर्यटन मन्त्री बनिसकेका पूर्वमन्त्रीद्वय खिनु लङ्वा र जीवन आचार्यलाई पुनः सरकारमा पठाउने लगभग टुङ्गो लागेको छ। यद्यपि, अन्य मन्त्रीको नामबारे भने पार्टीभित्र अझै छलफल भइरहेको छ। लगायतका नेताहरू मन्त्री छनोटबारे छलफलमा जुटेका छन्।

यता, सरकार विस्तारका लागि दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको समय तय गरिएको भनिए पनि हालसम्म लिखित पत्र नआएको बताइएको छ। लिखित पत्र नआएपछि प्रदेश प्रमुखको कार्यालयसमेत अन्योलमा परेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं