विराटनगर । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रचना खतिवडाले भदौ २३ गते जेन्जी आन्दोलन भएको एक वर्ष पुग्ने भएकाले उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने बताएकी छन्।
उनले आन्दोलनका सहिदका माग पूरा भए–नभएको विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताइन्। भदौ २३ गतेको बलिदानबाट बनेको सरकारले सहिदका माग र आन्दोलनका विषयमा जवाफ दिनुपर्ने उनको भनाइ थियो।