Lite Nepal

बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्ना मतदातासँगको संवादका क्रममा ‘भोट फिर्ता लैजानुस्’ भनेको विषयलाई ठट्टाका रूपमा गरिएको टिप्पणी भएको स्पष्ट पारेका छन्।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीले उक्त भनाइबारे प्रश्न गरेपछि गृहमन्त्री गुरुङले आफूले गरेको टिप्पणीलाई अनावश्यक रूपमा ठूलो विषय बनाउन नहुने प्रतिक्रिया दिए। उनले पार्टीभित्रको छलफल र संवादका क्रममा व्यक्त भएको भनाइलाई पनि त्यही सन्दर्भमा बुझ्नुपर्ने बताए।

गोर्खा–१ का स्थानीयसँगको संवादका क्रममा गृहमन्त्री गुरुङले ‘भोट लिएर जानु भए हुन्छ’ भन्ने अभिव्यक्ति दिएको विषय सामाजिक सञ्जालमा चर्चामा आएको थियो। त्यसपछि उनको उक्त भनाइलाई लिएर विभिन्न प्रतिक्रिया सार्वजनिक भएका थिए।

गुरुङले सरकार गठन भएको चार महिना मात्रै भएको र बजेट कार्यान्वयनसमेत केही दिनअघि मात्र सुरु भएको भन्दै तत्कालै ठूलो परिवर्तनको अपेक्षा नगर्न आग्रह गरे। उनले चार महिनाको अवधिमै सबै क्षेत्रमा आमूल परिवर्तन गर्न नसकिने भन्दै सरकारलाई काम गर्न पर्याप्त समय दिनुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं