Lite Nepal

बुधबार, भाद्र ०३, २०८३
फाइल फोटो : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेसका कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रमुख प्रतिपक्षमा रहे पनि प्रदेश सरकारका राम्रा काममा सहयोग गर्ने बताएका छन्।

बुधबार प्रदेशसभा बैठकमा बोल्दै थापाले प्रतिपक्षको भूमिका सरकारको विरोध गर्नु मात्र नभई सही बाटो देखाउने र आवश्यक सहयोग गर्ने पनि भएको बताए। सशक्त प्रतिपक्ष लोकतन्त्रका लागि आवश्यक रहेको उनको भनाइ थियो।

थापाले संघीय सरकार जनताका आधारभूत समस्या समाधान गर्न असफल भएको आरोप लगाए। महँगी, मल तथा ग्यास अभाव र करको भारप्रति सरकार गम्भीर हुनुपर्ने उनले बताए।

उनले कोशी प्रदेशको बजेट सन्तुलन, सिलिचोङका पहिरोपीडितको व्यवस्थापन तथा सुनसरीको धार्मिक–साम्प्रदायिक विवाद समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। प्रदेशको विकास र समृद्धिका लागि प्रतिपक्षमा रहे पनि सरकारसँग सहकार्य गर्न कांग्रेस तयार रहेको थापाले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं