Lite Nepal

शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज (शुक्रबार)बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टी घरमा बस्नेछ ।

बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

यस्तै, पार्टीको दस्तावेज अन्तर्गत स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन एवं राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

यसैगरी साङ्गठनिक व्यवस्थापन तथा मनोनयन अन्तर्गत केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन बैठकको कार्यसूचीमा छ ।

योजना, कार्यक्रम तथा अभियान अन्तर्गत केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन एवं पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि छलफल हुने कार्यसूची छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं