Lite Nepal

शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (शुक्रबार) बस्दैछ ।

केन्द्रीय कार्यालय बीपी भवन सानेपामा उक्त समितिको बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । समितिका सचिव दिनेश थापामगरका अनुसार बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिसकिएको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गत साउन २९–३१ मा अलग्गै राष्ट्रिय भेला गरेको तथा देउवा नेतृत्वको तत्कालीन केन्द्रीय समितिले १५ औं महाधिवेशन गर्ने सार्वजनिक गरिरहेको बेला गगन थापा नेतृत्वको कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो ।

जसकारण पार्टीभित्रको आन्तरिक विवाद चर्किएको बेलामा अनुशासन समितिको बैठक बोलाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अनुशासन समितिले देउवा पक्षधर नेतालाई कारबाही गर्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं