Lite Nepal

शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र पार्टी प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनयन गरेको छ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी केन्द्रीय समिति बैठकले विभिन्न विभागका प्रमुखसमेत टुंगो लगाएको हो।

बैठकले सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा ड.तोसिमा कार्की र पूर्वाधार विभाग प्रमुखमा निशा डाँगीलाई जिम्मेवारी दिएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुखमा परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थ विभाग प्रमुखमा लीमा अधिकारीलाई मनोनयन गरिएको छ। पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने प्रवक्ताको जिम्मेवारी पूर्वमन्त्री खरेललाई दिइएको हो। रास्वपाको केन्द्रीय समिति बैठक भने जारी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं