Lite Nepal

मंगलबार, भाद्र ०९, २०८३
फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया अघि नबढाउन माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ।

विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरेपछि उक्त विषय न्यायिक निरूपणको प्रक्रियामा रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनको प्रक्रिया अघि बढाउन नहुने जिकिर देउवा पक्षले गरेको छ।

सर्वोच्च अदालतका सूचना अधिकारी तथा उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार निवेदनमाथि आगामी ११ भदौमा सुनुवाइका लागि पेशी तोकिएको छ। देउवा पक्षका तर्फबाट अधिवक्ता श्रवणकुमार देवले वारेसमार्फत निवेदन दर्ता गराएका हुन्।

कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएसँगै उक्त विषय पुनः अदालतमा विचाराधीन बनेको छ। यही अवस्थालाई आधार बनाउँदै देउवा पक्षले पुनरावलोकन मुद्दाको अन्तिम टुंगो नलागेसम्म १५औँ महाधिवेशनको प्रक्रिया अघि नबढाउन आदेश माग गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं