काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।
यसअघि प्रधानमन्त्री शाहले विपद्को क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

रसुवामा आज बिहान आएको बाढीपछि आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन्।
बैठकमा बाढीबाट हालसम्म भएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो।