Lite Nepal

बुधबार, भाद्र १०, २०८३
फाइल फोटो

काठमाडौँ । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र (एचइओसी)  सक्रिय बनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आपत्कालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौँस्थित सङ्घीय अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको जानकारी दिइन् ।

उनका अनुसार काठमाडौँका अस्पतालमा उपलब्ध तथा खाली शय्याको विवरण अद्यावधिक गरी आवश्यकताअनुसार बिरामी व्यवस्थापनको तयारी गरिएको छ । साथै, एम्बुलेन्स, आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणलाई तयारी अवस्थामा राखिएको छ ।

मन्त्री मेहताले आपत्कालीन स्वास्थ्यसम्बन्धी सहयोग, सूचना तथा समन्वय आवश्यक परे मन्त्रालयको हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं