Lite Nepal

बुधबार, भाद्र १०, २०८३

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालमार्फत आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले घाइते तथा बिचल्लीमा परेकाहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिइएको बताए। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने व्यवस्था मिलाउनसमेत सरकारले निर्देशन दिएको छ।

बाढीका कारण घरबास गुमाएकाहरूको व्यवस्थापन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित व्यवस्थापन समितिमार्फत गरिने भएको छ। घटनामा परी ज्यान गुमाउनेका परिवारलाई प्रचलित कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ।

बाढीका कारण अवरुद्ध सडक तथा खानेपानीको व्यवस्था सम्बन्धित मन्त्रालयले मिलाउने र विद्युत् आपूर्ति सुचारु गर्न ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणले आवश्यक पहल गर्ने सरकारले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं