काठमाडौं । विनाशकारी बाढी र पहिरोबाट ठूलो जनधनको क्षति व्यहोरेको नेपाललाई अमेरिकाले आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपद्प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारसँग सम्पर्क गरी आवश्यक सबै प्रकारको सहायता उपलब्ध गराउने प्रस्ताव गरिएको बताएका छन्।

नेपालमा आएको भीषण बाढी र पहिरोमा परी करिब ४०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने झन्डै एक हजार मानिस अझै बेपत्ता रहेको जनाइएको छ।
विपद्का कारण बलिया तथा ठूला भवनसमेत ध्वस्त भएका छन्।
राष्ट्रपति ट्रम्पले नेपालको अवस्थालाई निकै भयावह भन्दै अमेरिकी सहयोगको प्रतिबद्धता जनाएका हुन्।
यसैबीच, अमेरिकी अधिकारीहरूले विपद् प्रभावित क्षेत्रमा रहेका दर्जनौँ अमेरिकी नागरिकको अवस्था र सुरक्षाबारे जानकारी लिने प्रयास गरिरहेका छन्।