काठमाडौँ । रसुवाको केरुङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीनसँग निरन्तर संवाद भइरहेको सरकारले जनाएको छ। सरकारले तत्काल ठूलो जोखिम नरहेको बताए पनि नदीमा लेदोसहितको पानी ओभरफ्लो हुन थालेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार नदी थुनिएको स्थानमा बाँध फुटेको नभई केही साना हिमताल फुट्दा पानी ओभरफ्लो भएको हो। घटनाको निरन्तर अनुगमन भइरहेको उनले बताए।
