काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले बाढी र पहिरोका कारण बनेको अवरोध ताल तथा त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको निरन्तर निगरानी गर्न निर्देशन दिएका छन्।
शुक्रबार बसेको चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूको आकस्मिक बैठकमा सीले तालको पानीको अवस्था, आसपासका पहाडको स्थायित्व र थप बाढी–पहिरोको सम्भावनाबारे निगरानी बढाउन निर्देशन दिएका हुन्।

बुधबारको ठूलो बाढीपछि बनेको उक्त तालको पानी बाँध नाघेर बाहिरिन थालेपछि जोखिम थप बढेको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यसमेत चुनौतीपूर्ण बनेको छ।
चिनियाँ पक्षका अनुसार तिब्बततर्फ तीन जनाको मृत्यु भएको र ५५८ जना सम्पर्कविहीन छन्। नेपालतर्फ पनि १०० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता रहेको बताइएको छ। नेपालमा बाढीका कारण ४८९ जनाको मृत्यु पुष्टि भएको उपलब्ध पछिल्लो विवरणमा उल्लेख छ।