Lite Nepal

शनिबार, भाद्र १३, २०८३

चीन । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाकाको अति प्रभावित क्षेत्रमा उद्धारकर्ताका लागि ड्रोनमार्फत आवश्यक राहत सामग्री पुर्‍याइएको छ।

भौगोलिक विकटता र सडक सञ्जाल अवरुद्ध भएका कारण ड्रोनमार्फत राहत सामग्री तथा आवश्यक उपकरण ढुवानी गरिएको हो। सिजाङको आपत्कालीन व्यवस्थापन विभागका अनुसार शुक्रबार अपराह्न करिब ४:३० बजे पहिलो व्यावसायिक उद्धार टोली विपद् प्रभावित मुख्य क्षेत्रमा पुगेको थियो।

माथिल्लो तटीय क्षेत्रमा बनेको कृत्रिम ताल (ब्यारियर लेक) निरन्तरको मुसलधारे वर्षा तथा सडक र सञ्चार सम्पर्क विच्छेद भएका कारण उद्धार कार्यमा गम्भीर चुनौती उत्पन्न भएको अधिकारीहरूले बताएका छन्।

शनिबार बिहान १ बजेसम्मको पछिल्लो तथ्याङ्कअनुसार उक्त क्षेत्रमा सात जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५५४ जना अझै बेपत्ता छन्। सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि उद्धार टोलीलाई आवश्यक खाद्यान्न र उपकरण ड्रोनमार्फत उपलब्ध गराइएको हो। बेपत्ताको खोजी तथा राहत कार्यलाई तीव्रता दिन स्थानीय प्रशासनले थप जनशक्ति परिचालन गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं