Lite Nepal

शनिबार, भाद्र १३, २०८३
फाइल तस्बिर

काठमाडौं । सुरुङ उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय टोली परिचालित भइसकेको र अब चीनबाट पनि सुरुङ उद्धारमा विशेषज्ञता रहेको टोली चाँडै नेपाल आउने अपेक्षा गरिएको जानकारी दिए ।
उनले सरकारले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आवश्यक अन्तर्राष्ट्रिय प्राविधिक सहयोग जुटाउने प्रयास गरिरहेको जानकारी दिए । उनले उद्दार गर्नुपर्ने क्षेत्रको भौगोलिक अवस्था जटिल रहेका स्थल मार्गबाट हुने प्राविधिक सहयोगहरूलाई सरकारले प्राथिमकता दिएको जानकारी दिए ।
हवाइ मार्गबाट हेलिकप्टर प्रयोग गरेर सहयोग गर्न आउनेहरूका लागि भौगोलिक जटिलताका कारण झन् समस्या हुने उनले जानकारी दिए ।
‘यो जटिल भूगोल र आकस्मिक बाढीले त्यहाँको जमिनमा पारेको प्रभावका कारण उद्धार कार्यमा अत्यन्त संवेदनशील हुनुपर्ने अवस्था छ। विशेष गरी यो भूगोलका लागि नयाँ रहेका विदेशी उद्धार टोलीहरूको सुरक्षामा ध्यान दिनुपर्ने भएकाले, सरकारले त्यहाँ कार्यरत र भूगोललाई राम्ररी बुझेका स्थानीय सुरक्षाकर्मीहरूको सल्लाह र स्थलगत जानकारीका आधारमा मात्र उद्धार कार्य सञ्चालन गरिरहेको छ’ मन्त्री खनालले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं