Lite Nepal

सोमबार, भाद्र १५, २०८३

काठमाडौं । नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार पत्रकार सम्मेलनमा पीडितको पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागिएको जानकारी दिए।

उनका अनुसार नेपालले अमेरिकासँग डीएनए परीक्षणका लागि सहयोग तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण उपलब्ध गराउन अनुरोध गरेको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको छ।

क्षेत्रीका अनुसार भारत, चीन, फ्रान्स, अमेरिका, यूएई, दक्षिण कोरिया लगायतका देश तथा अन्य साझेदारबाट उद्धार तथा राहत सामग्री प्राप्त भइरहेको छ। संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन र युनिसेफबाट पनि थप सामग्री तथा सहयोग आउने क्रममा छ।

विदेशी सहयोगमा उद्धार उपकरण, फ्रिजर, सौर्य बत्ती, परीक्षण किट, चेन, कम्बल, स्लीपिङ ब्याग, खाद्यान्न र औषधिलगायत सामग्री छन्। भारतबाट विशेष उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ भने दक्षिण कोरियाको टोली पनि घटनास्थलमा खटिएको मन्त्रालयले जनाएको छ।

प्रवक्ता क्षेत्रीले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि पनि नेपालले अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताए। मन्त्रालयका अनुसार बाढीबाट भएको क्षतिको मूल्यांकनपछि घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधार पुनःस्थापनाका लागि आवश्यक स्रोत निर्धारण गरिनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं