Lite Nepal

बुधबार, भाद्र १७, २०८३

काठमाडौँ । रसुवामा भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीको अवस्थाबारे प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ। बुधबार बसेको सदनको बैठकले सभामुख डीपी अर्यालले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको हो।

बाढीको प्रभाव रसुवाको टिमुरे, स्याफ्रुवेशी र बेत्रावती हुँदै नुवाकोटको त्रिशूली बजार तथा देवीघाटसम्म देखिएको छ। धादिङ, चितवन र गोरखाका त्रिशूली नदी आसपासका तटीय क्षेत्रसमेत बाढीबाट प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रस्तुत गरेको विवरणअनुसार बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ। तीमध्ये रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको छ।

विपद्को घटनापछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। बाढीबाट २९२ जना घाइते भएका छन् भने प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।

यसैबीच, बाढीबाट सिर्जित अवस्थाबारे प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभालाई जानकारी गराएका थिए। प्रधानमन्त्रीको ब्रिफिङ तथा विपद्को समग्र अवस्थालाई ध्यानमा राख्दै प्रतिनिधिसभाले विशेष प्रस्तावमार्फत घटनाप्रति आफ्नो ध्यानाकर्षण गराएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं