Lite Nepal

शनिबार, आश्विन १०, २०८३

विराटनगर । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको तेस्रो सातामा पनि उत्साहजनक व्यापारलाई निरन्तरता दिएको छ। फिल्मले हालसम्म ६ करोड रुपैयाँभन्दा बढीको ग्रस कारोबार गरेको निर्माण पक्षले जनाएको छ।

चलचित्र विकास बोर्डको बक्स अफिस प्रणाली सिनेपाका अनुसार ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। दोस्रो सातामा पनि व्यापारलाई निरन्तरता दिँदै फिल्मले ६ करोडभन्दा बढीको कुल ग्रस कारोबार गरेको हो।

तेस्रो सातामा प्रवेश गरिसक्दा पनि फिल्मप्रति दर्शकको चासो कायमै रहेको देखिएको छ। तेस्रो साताका लागि फिल्मले खल्ती एपमा १०६ शो पाएको छ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न हलमा फिल्मले राम्रो शो तथा अकुपेन्सी पाइरहेको निर्माण पक्षको दाबी छ। कतिपय हलमा अझै पनि दर्शकको चाप उत्साहजनक रहेको बताइएको छ।

सुरुवाती सातादेखि नै दर्शकको राम्रो साथ पाउँदै आएको ‘पेन्सन पट्टा’को निरन्तर व्यापारले फिल्मलाई सुपरहिटबाट ब्लकबस्टरको यात्रातर्फ अघि बढाएको निर्माण पक्षको बुझाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं