Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

काठमाडौं । विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कारबाही गरिने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्न नसकेका पञ्चकन्या एसएस एक्सपोर्टलाई कारबाही गर्न लागेको हो ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक डा. दिवाकर लुइँटेलका अनुसार पञ्चकन्या एसएस एक्सपोर्टले शर्तअनुरुपको उत्पादनलाई निर्यात गर्न नसकेपछि निष्कासन गरिएको जानकारी दिए ।

प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगलाई कूल उत्पादनको ७० प्रतिशत निर्यात गर्नुपर्ने अनिवार्य व्यवस्था तोकेको छ । पञ्चकन्या एसएस एक्सपोर्टले उत्पादन गर्ने मेटलको ट्यांकी तोकिएबमोजिम निर्यात गर्न नसकेको जनाइएको छ ।

विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणदेखि उद्यमीलाई करमा सहुलियत उपलब्ध गराइएको छ । भैरहवामा यो क्षेत्र करिब ५२ बिघामा फैलिएको छ । एक हजार ४०० देखि तीन हजार ७०० वर्गमिटर सम्मको ६९ औद्योगिक जग्गाहरू यहाँ रहेका छन् ।

दुई दशक अगाडि भैरहवामा स्थापित विशेष आर्थिक क्षेत्र देशको पहिलो निर्यातमुखी औद्योगिक क्षेत्र हो । यहाँ स्थापना गरिएका उद्योग बिक्री गर्न नपाइने भएकाले उनीहरूले निर्माण गरेका उद्योग तथा कम्पनी भत्काएर लैजानुपर्ने हुन्छ ।

उद्योग मन्त्रालयअन्तर्गत विशेष आर्थिक क्षेत्र प्राधिकरणले देशका विभिन्न क्षेत्रहरूमा विशेष आर्थिक क्षेत्रहरू स्थापनाका लागि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन सञ्चालन गर्न तथा देशभर विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्दै आएको छ ।

व्यवसायीलाई कर प्रोत्साहन, भन्सार महसुल छुट र सुव्यवस्थित नियामक प्रक्रियालगायतका सेवा प्रदान गरेको छ ।

विदेशी लगानी आकर्षित गर्न कर छुट, कम शुल्क, उत्पादन तथा सेवाका उद्योग स्थापना गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गर्न खोजिएको छ ।

उक्त आर्थिक क्षेत्र भैरहवा र सिमरामा अहिले सञ्चालनमा छन् । पाँचखालमा पूर्वाधार विकास कार्यहरूको लागि थप अध्ययन तथा लगानीकर्ताको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं