Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले असोज १२ गते गरेको निर्णयअनुसार विभिन्न जिल्लाका प्रशासनिक नेतृत्वमा फेरबदल गरिएको हो।

निर्णयअनुसार रामेछापकी प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। प्युठानका सीडीओ शान्ति राज प्रसाईंलाई सिराहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको छ।

गृह मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत मोतीराम सापकोटालाई गुल्मीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। त्यस्तै, कपिलवस्तुका सीडीओ जनार्दन गौतमलाई गृह मन्त्रालय वा मातहतको जिम्मेवारीमा सरुवा गरिएको छ।

गृहकै सहसचिव तुलसीबहादुर श्रेष्ठलाई डोटीको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ। डोटीकी सीडीओ कल्पना घिमिरे नेपाललाई भने गृह मन्त्रालय वा अन्तर्गत उपसचिवको जिम्मेवारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

यसैगरी, गृह मन्त्रालयमा उपसचिव रहेका भक्तीराम मरासिनी अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएका छन्। अर्घाखाँचीमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत उपसचिवका रूपमा सरुवा गरिएको छ।

मन्त्रालयको निर्णयसँगै सम्बन्धित जिल्लाका प्रशासनिक नेतृत्वमा नयाँ जिम्मेवारीअनुसार कर्मचारी खटिने भएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं