काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बोलेलगत्तै प्रतिनिधिसभा बैठकमा हाँसो गुन्जिएको छ । बिहीबार सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठकको कारबाही सुरु गरेलगत्तै सांसद राई आफ्नो आसनबाट उठे । त्यसपछि सभामुख अर्यालले उनलाई बोल्न समय दिए ।
राईले भने, “सम्माननीय सभामुख महोदय, कुरा त्यही हजुर, धन्यवाद ।” त्यसपछि उनी आफ्नो आसनमा बसे । लगत्तै राई आफैं हाँस्न थाले । उनलाई देखेर सभामुख अर्याल पनि हाँसे । त्यसपछि बैठकमा रहेका अन्य सांसदहरूबीच समेत हाँसो फैलियो । गत जेठ १७ गते सीमासम्बन्धी विषयमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन श्रम संस्कृति पार्टीले माग गर्दै आएको छ ।

