काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार (असोज १६) राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार, मंगलबार (असोज १३) बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०६/ १३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।” संविधानको धारा (३९२) अनुसार राष्ट्रपतिले सरकारको सिफारिसमा संघीय संसद्को अधिवेशन अन्त्य गर्न सक्ने व्यवस्था छ।

