काठमाडौँ । संघीय निजामती सेवाका महिला कर्मचारीलाई महिनावारी (रजस्वला) बिदा दिने प्रस्ताव गरिएको छ। आज संसद्मा दर्ता भएको संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा महिला कर्मचारीका लागि महिनावारी बिदाको व्यवस्था प्रस्ताव गरिएको हो।
विधेयकको दफा १२५ मा निजामती कर्मचारीले पाउने बिदासम्बन्धी व्यवस्था गरिएको छ। उक्त व्यवस्थामा अन्य बिदासँगै ‘महिनावारी /रजस्वला बिदा’ पनि थप गर्ने प्रस्ताव गरिएको छ।

